भूतपूर्व विद्यार्थीहरुको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न

Published on: 2024-06-04

भूतपूर्व विद्यार्थीहरुको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न

 

स्कूल अफ बिजनेसको भूतपूर्व विद्यार्थी भेला यही मिति २०८१ जेठ १९ गते पोखरामा सम्पन्न भएको छ । पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेस र एलुम्नाई एशोसियसन (PUSOBAA)  को आयोजनामा पोखरा लेकसाईड स्थित होटल उत्सव हिमालयमा सम्पन्न भएको उक्त भेलाको अध्यक्षता एलुम्नाई एशोसियसनका अध्यक्ष श्री उमेश कुमार आचार्यले गर्नुभएको थियो । उक्त भेलामा एम. बि. ए. २००० ब्याच देखि २०२१ सम्मका पूर्व विद्यार्थीहरु र स्नातक तहका बि.बि.ए. एवं बि. बि. ए. बि. आई कार्यक्रमका केही विद्यार्थीहरु समेत गरि जम्मा ७० जनाको उपस्थिति रहेको थियो । सञ्चारका विषयमा Ncell का क्षेत्रीय प्रमुख श्री प्रज्जवल अधिकारीले, सेयर बजार सम्बन्धी विषयमा कलश स्टक मार्केट प्रा.लि.का प्रबन्धक श्री सालिकराम अधिकारी र शैक्षिक क्षेत्रसम्बन्धी पोखरा विश्वविद्यालयको पूर्व सह–परीक्षा नियन्त्रक तथा स्कूल अफ विजनेसको उप–प्राध्यापक डा. दिपमाला श्रेष्ठले आफ्नो प्रस्तुतिकरण प्रस्तुत गर्नुभएको थियो । यस स्कूल अफ विजनेसका अल्मुनाई मध्ये चार जना विद्यार्थीहरु क्रमशः केशव आचार्यले University of Texas Rio Grande Valley (UTRGV), दिपमाला श्रेष्ठले Pokhara University, प्रदीप सापकोटा र दिपेश रानाभाटले Shoolini University, India बाट विद्यावारिधि अध्ययन पूरा गर्नुभएको हुनाले उहाँहरुलाई उक्त कार्यक्रममा सम्मान गरिएको थियो ।कार्यक्रममा ब्यवस्थापन अध्ययन संकायका डीन सह–प्राध्यापक डा. दयाराज ढकाल प्रमुख अतिथि, स्कूल अफ बिजनेसका निर्देशक सह–प्राध्यापक डा. श्रृजन ज्ञवाली लगायत स्कूल अफ बिजनेसमा कार्यरत अन्य प्राध्यापक एवं प्रशासनिक कर्मचारीहरुको समेत उपस्थिति रहेको सो कार्यक्रमको संचालन एलुम्नाई एशोसियसनका सचिव सुवास मल्लले गर्नुभएको थियो । दोश्रो अधिवेशनबाट निर्वाचित हुनुभएका अल्मुनाई एशोसिएशनको नवनिर्वाचित कार्य समिति मा अध्यक्ष– कल्पना सुवेदी, उपाध्यक्ष बलराम पौडेल, सचिव विष्णुप्रसाद तिमिल्सिना, सहसचिव सुनिल ढकाल  कोषाध्यक्ष पूर्ण मौराति, सदस्य समीर केसी, सदस्य आमोद कोइराला, सदस्य महेश अधिकारी, सदस्य महेशराज देवकोटा, सदस्य जयन्ती सुवेदी, सदस्य सन्देश श्रेष्ठ, सदस्य महेश बडाल निर्वाचित हुनुभएको थियो । कार्यक्रममा उपस्थितहरुलाई धन्यवाद ज्ञापन पोखरा भेला संयोजक एवं एलुम्नाई एशोसियसनका अध्यक्ष श्री उमेश कुमार आचार्यले गर्नुभएको थियो ।