अभिमुखिकरण कार्यक्रम सम्पन्न

Published on: 2023-05-13

अभिमुखिकरण कार्यक्रम सम्पन्न

एम. बि. ए. कार्यक्रम सम्बन्धि जानकारी प्रदान गर्ने उद्देश्यका साथ MBA 2023 March Intake मा भर्ना भएका नयाँ विद्यार्थीहरुको अभिमुखिकरण कार्यक्रम पोखरा अमरसिंह चोक स्थित होटल टास्क ईन्टरनेशनलमा २०८० बैशाख २७ गते सम्पन्न भयो । एम. बि. ए. का पाठ्यक्रम, परीक्षा प्रणालीको बारेमा सह प्राध्यापक डा. भरतराम ढुङ्गानाले विद्यार्थीहरुलाई जानकारी गराउनुका साथै ब्रम्हकुमारी राजयोग ईश्वरीय विश्वविद्यालय पोखरा बाट पाल्नुभएकी ब्रम्हकुमारी अप्सरा सुवेदी र Motivational Speaker श्री बिकल शेरचनले नयाँ विद्यार्थीहरुलाई सकारात्मक रुपमा अघि बढ्न आफूले आफैलाई कसरी उत्प्रेरित  गर्न सकिन्छ ?, कसरी खुशी रहन सकिन्छ ? भन्ने बारेमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम सम्बन्धि ब्यवस्थापकीय पक्षमा सहायता गर्नको लागि  एम. बि. ए. कार्यक्रम पाँचौं ट्राईमेष्टरमा अध्ययनरत श्री सुनिल ढकाल, रिना अधिकारी, श्री बिनिता थापाले सहयोग गर्नुभएको थियो । ब्यवस्थापन अध्ययन संकाय पो. वि.का डीन सह प्रा. डा. दयाराज ढकालको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सभापतित्व स्कूल अफ बिजनेसका निर्देशक डा.श्रृजन ज्ञवालीले गर्नुभएको थियो साथै कार्यक्रमको सञ्चालन हाल एम. बि. ए. दोश्रो ट्राईमेष्टरमा अध्ययरत छात्रा श्री सुबिज्ञा थापाद्वारा भएको थियो । भूतपूर्व विद्यार्थीहरुको तर्फबाट PUSOB Alumni Association का अध्यक्ष कामना बिकास बैंक र ग्रीन डेभलोप्मेन्ट बैंकका पूर्व CEO उमेश कुमार आचार्यको समेत उपस्थिति रहेको सो कार्यक्रममा बि.बि.ए. चौथो सेमेष्टर अध्ययनरत छात्रा सोनम थापाले नृत्य र बि. बि. ए. छैठौं सेमेष्टरका छात्र बिबेक नेपालीले गीत प्रस्तुत गर्नुभएको थियो ।