भूतपूर्व विद्यार्थी भेला सम्पन्न तथा भेला द्वारा नयाँ कार्य समिति चयन

Published on: 2021-12-19

स्कूल अफ बिजनेस, पोखरा विश्वविद्यालयका भूतपूर्व विद्यार्थीहरुको भेला यही मिति २०७८ साल पौष ३ गते सिटी स्क्वायर ब्याक्वेट  न्युरोड, मा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता भूतपूर्व विद्यार्थी एशोसियसनका अध्यक्ष डा. चैतन्य अधिकारी ले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सदस्य सुवास मल्लले गर्नु भएको थियो साथै स्वागत मन्तब्य कोषाध्यक्ष पुनम गिरीले ब्यक्त गर्नुभएको थियो  । सो भेलामा प्रमुख अतिथिको रुपमा ब्यवस्थापन संकायका डीन डा. दयाराज ढकाल बिशिष्ट अतिथिको रुपमा प्रा. हरि बहादुर खड्का र प्रा. डा. ज्ञानेश्वर शर्मा साथै अतिथिको रुपमा  स्कूल अफ बिजनेसका निर्देशक डा. श्रृजन ज्ञवाली, सह प्राध्यापक एवं पुनर्बीमा कम्पनीका अध्यक्ष  डा. रबिन्द्र घिमिरे, कामना सेवा बिकास बैकका गण्डकी प्रदेश प्रमुख केदार शर्मा लगायत स्कूल अफ बिजनेसका अन्य शिक्षक तथा कर्मचारीहरु सहभागी हुनुभएको थियो । भेलामा प्रमुख अतिथि लगायत अन्य अतिथिहरुले आ आफ्नो मन्तब्य राख्नुभएको थियो । साथै उक्त भेलाले ग्रीन डेभलेप्मेन्ट बैंकका कार्यकारी निर्देशक उमेश आचार्यको अध्यक्षतामा २ बर्षका लागि पोखरा विश्वविद्यालय स्कूल अफ विजनेश एलुम्नाइ एशोसियसनको नयाँ कार्य समिति समेत चयन गरेको छ ।