Socialization Program सम्पन्न

Published on: 2021-12-13


स्कूल अफ विजनेसमा एम. वि. ए. कार्यक्रमको २०२१ स्प्रिङ्ग सेसनमा भर्ना भएका विद्यार्थीहरुको Socialization  कार्यक्रम अन्नपुर्ण गाँउपालिकाको अष्ट्रेलियन क्याम्पमा २०७८ साल मंसीर २४ र २५ मा आयोजना गरि सम्पन्न भएको छ । कोभिड बिरुद्व स्वास्थ्य सुरुक्षा लगायत सरकारी निर्देशनका कारण अनलाईन बिधिबाट पठनपाठन शुरु गरिएकोले भौतिक उपस्थितिमा Orientation Program पनि हुन नसकेको हुँदा एउटा Socialization Program कार्यक्रमकोे आवश्यकता महशुस गरि उक्त कार्यक्रम आयोजना गरिएको थियो । अन्नपुर्ण गाउँपालिकाको काँडे बाट २ घण्टा पद यात्रा पश्चात पुगिने उक्त स्थानमा १ दिने आवासिय रुपमा सम्पन्न गरिएको उक्त कार्यक्रम परिचयात्मक कार्यक्रमबाट शुरु गरि विश्वविद्यालयको पाठ्क्रम, विद्यार्थी आचार संहिता सम्बन्धमा जानकारी गराईयो साथै Team work, Leadership, Motivation संग सम्बन्धित खेलकुद सम्पन्न गरियो । उक्त कार्यक्रममा विद्यार्थीहरुले आ”आफ्नो कला समेत प्रस्तुत गरेका थिए । नेपाली साहित्यमा रुचि राख्ने विद्यार्थीहरु महेश राज देवकोटा र सन्तोष लामिछानेले मिठो गजलहरु समेत प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रमको विद्यार्थीहरु संगको समन्वय कक्षा प्रतिनिधिहरुले गर्नुभएको थियो । सैद्घान्तिक कक्षाले मात्र विद्यार्थीहरुमा थप क्षमताको बिकास नहुने कारण यस्ता कार्यक्रमले विद्यार्थीहरुमा समुहमा प्रस्तुतिकरण गर्ने क्षमताको बिकास हुने, एक आपसमा चिनजान भई सबै साथीहरुमा आत्मियता बढ्ने हुदाँ यस्तो कार्यक्रम स्कूल तथा विद्यार्थीहरुको लागि प्रभावकारी सावित भएको छ । भौगोलिक वातवरणको मनोरम दृष्यावलोकन गर्ने अवसर समेत विद्यार्थीहरुले प्राप्त गरेका थिए भने लक डाउनले थलिएको पर्यटन ब्यवशायमा समेत केही योगदान भएको थियो । उक्त कार्यक्रममा ४५ जना विद्यार्थीहरु, एम. बि. ए. कार्यक्रम संयोजक घनश्याम तिवारी, प्रा. हरि बहादुर खड्का, प्रा. डा. ज्ञानेश्वर शर्मा, पाठ्क्रम बिकास केन्द्रका कार्यकारी निर्देशक डा. पूर्ण बहादुर खाँड, सह प्राध्यापक डा. सूर्य बहादुर जि. सी. उप प्राध्यापक दुर्गा प्रसाद चापागाँई लगायत अन्य शिक्षक कर्मचारी लगायत गरि जम्मा ५७ जना सहभागी थिए ।