मिति २०७३ साल आषाढ २० गते स्कूल अफ बिजनेसको निर्देशकको जिम्मेवारी पाउनु भई २०७७ साल आषाढ १९ गते ४ बर्षे कार्यकाल पुरा गरेका निवर्तमान निर्देशक सह”प्राध्यापक डा. रबिन्द्र घिमिरेको आज आषाढ ३१ गते स्कूल अफ बिजनेसले बिदाई गरेको छ । कार्यक्रमको सभापतित्व पोखरा विश्वविद्यालयका ब्यवस्थापन संकायका डीन प्रा. हरि बहादुर खड्काले गर्नुभएको थियो । आ”आफ्नो मन्तब्य प्रस्तुत गर्ने क्रममा बक्ताहरुले डा. घिमिरे कर्मशील, मृदुभाषी, कहिल्यै नरिसाउने ब्यक्तित्व भएको र आफ्नो कार्यकाल सफलता पुर्वक सम्पन्न गर्नुभएको विचार ब्यक्त गरेका साथै आगामी दिनहरुमा उत्तरोक्तर प्रगतिको शुभकामना ब्यक्त गरेका थिए । आफ्नो अनुभव सुनाउने क्रममा सह प्राध्यापक डा. घिमिरेले सम्पुर्ण टिमले आफूलाई भरपुर सहयोग गरेको कारण आफुले ४ बर्षे कार्यकाल सहज रुपमा पार गर्नुभएको कुरा ब्यक्त गर्नुभएको थियो । साथै आफूले सोचे अनुरुपको कार्य अझै पुरा गर्न बाँकी भएको कारण आगामी आउने निर्देशकको टिमले पुरा गर्ने विश्वास ब्यक्त गर्नुभयो ।