पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेसले पच्चीसौ बर्ष पार गरेको उपलक्ष्यमा रजत महोत्सवका कार्यक्रम समुद्घाटन समारोह यही मिति २०८१ साल चैत्र २२ गते पो वि. केन्द्रीय कार्यालय स्थित सभा हलमा सम्पन्न भएको छ । व्यवस्थापन संकाय अन्तर्गत वि.सं. २०५६ सालमा पोखरा विश्वविद्यालय क्याम्पस र त्यस पश्चात् व्यवस्थापन क्याम्पस भई २०६६ साल श्रावण १ देखि स्कुल अफ विजनेस नामाकरण रहेको स्कूलले बिभिन्न चरणमा रजत महोत्सवका कार्यक्रमहरु आयोजना गरि मनाउन लागेको र सो अन्तर्गत प्रथम दिवसीय कार्यक्रम श्रीमान् उपकुलपति प्रा. डा. बेदराज बेदराज के. सी.ज्यूबाट Sliver Jubilee Commemorate Plate अनावरण पश्चात् रजत महोत्सव समुद्घाटन, पूर्व विद्यार्थी भेला र Management Education in Nepal: Changing Roles of Business School शिर्षकमा परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । पोखरा विश्वविद्यालयका उपकुलपतिज्यूको प्रमुख आतित्यथामा सम्पन्न सो कार्यक्रममा विशेष अतिथि पोखरा विश्वविद्यालयका रजिष्ट्रारज्यू, डीनज्यूहरु परीक्षा नियन्त्रकज्यू, निर्देशकज्यूहरु, योजना महाशाखा प्रमुखज्यू एवं पो. वि. प्राध्यापक संघका सभापति, कर्मचारी संघका अध्यक्ष, एलुम्नाई एशोसियसनका अध्यक्ष, वर्तमान एवं पूर्व प्राध्यापकहरु, कर्मचारीहरु, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो । सो परिसंवाद कार्यक्रममा Moderator को भूमिका स्कुल अफ बिजनेस एलुम्नाई एशोसियसनका पूर्व अध्यक्ष डा. चैतन्य अधिकारीले निर्वाह गर्नुभएको थियो भने Keynote Speaker प्रा. डा. प्रेमराज पन्त र Panelist को रुपमा होटल एशोसियसन कास्कीका अध्यक्ष हरि प्रसाद गैरे, डा. मिनेन्द्र रिजाल, प्रा. डा. पुष्कर बज्राचार्य रहनुभएको थियो । कार्यक्रमको सभापतित्व स्कुल अफ बिजनेसका निर्देशक डा. श्रृजन ज्ञवालीज्यूले गर्नुभएको थियो ।