Class Representative वैठक सम्पन्न

Event Date: 2024-01-21

पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेशमा २०८० साल माघ ७ घते Student Welfare and Career Counseling Cell Committee  को आयोजनामा स्नातक तहमा अध्ययन गर्ने बिद्यार्थीहरुको Class Representative (CR)  वैठक सम्पन्न भयको छ् । स्नातक तह कार्यक्रम संयोजक श्री दिपक ओझाको अध्यक्षतामा बसेको बैठकमा आगामी २०२३ Fall Season को आन्तरिक परिक्षाका बिषयमा परिक्षा संयोजक डा. दिपेश रानाभाटले प्रस्तुति दिनुभयको थियो । सबै CR अध्ययन  अध्यापन श्रोत र साधनको समस्याका साथै बिधार्थी क्लब संगको आपसी समन्वको बिषयमा कुरा राख्नुभयो। चार बर्ष CR को  काम गरी स्नातक उत्तिर्ण गर्नुभयका २०१७/२०१८ ब्याचका CR हरुलाई सम्मान स्बरुप प्रमाण पत्र बितरण गरियको थियो । बैठकमा प्रमुख अतिथी स्कुल निर्देशक डा. श्रृजन ज्ञवालीले CR को कामको प्रसंशा गर्दै आगामी दिनमा राम्रो काम गर्नुपर्ने र राम्रो सहकार्य गर्नुपर्ने जस्ता निर्देशन दिनुभयको थियो । ४० जना CR हरुको उपस्थिति रहेको बैठकमा Student Welfare and Career Counseling Cell Committee का सदस्यहरु उप प्रा केशब लामिछाने र मुख्य सहायका तोरण बि. क  प्रशासन प्रमुख उप प्रशासक श्री प्रमोद गिरीको उपस्थिती रहेको थियो भने कार्यक्रम संचालन Counseling  संयोजक सुबास मल्लले गर्नुभयको थियो । उक्त कार्यक्रमले CR  को नियमित बैठक र आपसी समन्य सुचनाको राम्रो सम्प्रेशन , पुराना CR बाट अनुभब हस्तानतरण, प्रसाशन र अध्ययन अध्यापनमा राम्रो प्रभाब पार्ने गुणस्तरीय शिक्षाका लागि प्रसासनबाट राम्रो शैक्षिक वातावरण श्रृजना गर्नुपर्ने निश्कर्ष निकालेको छ।