पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेसमा एमबिए वर्ष २०२० अगष्ट तथा २०२१ मार्च ब्याचलाई कर्पोरेट गभर्मेन्ट सेमिनार मिति २०८०-०९ -१४ गते पोखरा लेकसाइड स्थित होटल उत्सव हिमालयमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता स्कुल अफ बिजनेसका निर्देशक डा. श्रृजन ज्ञवालीले गर्नुभएको थियो भने प्रमुख अतिथि ब्वस्थापन संकायका डिन डा. दयाराज ढकालले रहनुभएको थियो । कार्यक्रममा पोखरा विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक डा.उमेश सिंह यादव, एमबिए कार्यक्रम संयोजक सह प्रध्यापक डा. दिपाञ्जल श्रेष्ठ ,पूर्व विद्यार्थी एसोसिएसनका कोषाध्यक्ष कल्पना सुवेदी तथा अन्य प्रध्यापक तथा कर्मचारीको उपस्थिति रहेको थियो । उक्त सेमिनारमा एमबिए वर्ष २०२० अगष्ट तथा २०२१ मार्च ब्याच विद्यार्थीहरुबाट उत्कृठ बिद्यार्थीको रूपमा सृष्टि भुर्तेल, महेस राज देबकोटा , सुनिल ढकाल , रञ्जना कुमारी ठगुन्ना चुनिन सफल हुनुभयो साथै सो समुहका विद्यार्थीहरूलाई सेमिनार पश्विचात बिदाई तथा मायाको चिनो तथा विद्यार्थी कक्षा संयोजकलाइ प्रमाणपत्र प्रदान गरिएको थियो। विद्यार्थीहरूको तर्फबाट साइन क्लब तथा अन्य क्लबहरूबाट विद्यार्थीहरूको साङ्गीतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरू प्रस्फोटन भएको थियो भने कार्यक्रमको सञ्चालन एमबिएका विद्यार्थीहरु सागर अधिकारी र सुबिज्ञा थापाले संयुक्तरुपमा गर्नुभएको थियो । कार्यक्रमको समापन पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेसका निर्देशक डा. श्रृजन ज्ञवालीले गर्नुभएको थियो ।