साईनद्वारा बुक फेयर कार्यक्रम सम्पन्न

Event Date: 2023-01-09

पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेश (एस.ओ.बि.) को संस्था सेयरिङ्ग हर्मोनी ईन न्यु ईन्भारोमेन्ट (साईन) ले स्कूल अफ बिजनेशका डाईरेक्टरबाट स्वीकृति लिई एस.ओ.बि. भवनको तल्लो तल्लामा एस.ओ.बि.का विद्यार्थीहरुलाई लक्षित गरी मिति २०७९/०९/२१ गतेबाट २४ गतेसम्म बुक फेयर कार्यक्रम सम्पन्न भएकोछ । यस बुक फेयरमा एस.ओ.बि. अन्तर्गतका विद्यार्थीहरुले आफूले अध्ययन पूरा गरिसकेका सेमेस्टरका विभिन्न बिषयगत किताबहरु, गाईडहरु, ह्यान्सआउटहरु तथा नोटहरु बिक्रीमा राख्न सक्दछन । जसलाई  साईनले कम मूल्यमा बिक्री गरी सम्बन्धित बिद्यार्थीहरुलाई दिने व्यवस्था गर्दछ । 

विगतका समयहरुमा पनि सेयरिङ्ग हर्मोनी ईन न्यु ईन्भारोमेन्ट (साईन) ले विभिन्न किसिमका कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ जस्तैः एस.पि.एस.एस. ट्रेनिङ्ग, भिजन बोर्ड, बुक फेयर, पि.यु. ट्यालेन्ट हन्ट आदि । यस किसिमका कार्यक्रमहरुले विद्यार्थीहरुमा कितावी ज्ञान वाहेक अत्तिरिक्त क्रियाकलापहरुमा संलग्नता बढाई उनीहरुमा आत्मविश्वासमा वृद्धि गर्न सहयोग भएको देखिन्छ ।