Orientation & Socialization कार्यक्रम सम्पन्न

Event Date: 2022-06-02

 

पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेसमा सञ्चालित एम. बि. ए. कार्यक्रममा २०२१ अगष्ट र २०२२ मार्च सेसनमा भर्ना भएका विद्यार्थीहरुको Orientation & Socialization Program यही मिति २०७९ साल जेठ १८ गते सम्पन्न भएको छ । उक्त कार्यक्रमको सभापतित्व स्कूल अफ बिजनेसका निर्देशक डा. श्रृजन ज्ञवालीले गर्नुभएको थियो साथै प्रमुख अतिथिको रुपमा ब्यवस्थापन संकाय पो. वि. का डीन डा. दयाराज ढकाल, बिशेष अतिथि नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्री आनन्द राज मुल्मी, र अतिथि वक्ता श्री सुयास मल्ललाई आमन्त्रण गरिएको थियो । नयाँ विद्यार्थीहरुलाई पुस्तकालयको नियम, ट्राईमेष्टर प्रणाली, परीक्षा प्रणाली, ग्रेडिङ्ग प्रणली लगायत विषयका जानकारी गराउनुका साथै अतिथिहरुले आ–आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा अन्तराष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक डा. उमेश सिंह यादवले Journey into School of  Business बिषयमा, पाठ्क्रम बिकास केन्द्रका कार्यकारी निर्देशक डा. पुर्ण बहादुर खाँडले Trimester System & Evaluation System सम्बन्धि र, पुस्तकालय प्रमुख श्री हेमन्तराज कँडेलले पुस्तकालयका बारेमा आ–आफ्नो प्रस्तुतिकरण गर्नुभएको थियो। विद्यार्थीहरुलाई मनोरञ्जनात्मक खेल सहितको परिचयात्मक कार्यक्रम समेत सञ्चालन गरिएको थियो । बिशेष अतिथि आनन्द राज मुल्मीले समसामयिक आर्थिक, सामाजिक, शैक्षिक, पारिवारिक बिषयका बारेमा बिश्लेषण तथा विद्यार्थीहरुलाई भविष्य निर्माण तथा काम कर्तब्य सम्बन्धि मार्ग दर्शन गर्नुभएको थियो । कार्यक्रममा अतिथि, पदाधिकारी, एम. बि. ए. कार्यक्रम संयोजक घनश्याम तिवारी, स्कूल अफ बिजनेसका शिक्षक कर्मचारी र विद्यार्थीहरु समेत गरि  ९६ जनाको सहभागीता रहेको थियो ।