Tracer Study Report को प्रस्तुतिकरण कार्यक्रम सम्पन्न

Event Date: 2021-01-06

Tracer Study Report को प्रस्तुतिकरण कार्यक्रम सम्पन्न

मिति २०७७ साल पौष २२ गते स्कूल अफ बिजनेसमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. प्रेम नारायण अर्यालज्यू को प्रमुख आतिथ्यतामा Tracer Study Report Presentation कार्यक्रम औपचारिक रुपमा प्रस्तुतिकरण गरि कार्यक्रम सम्पन्न भएको छ । पोखरा विश्वविद्यालयका रजिष्टार प्रा. डा. विष्ण्ुराज तिवारी लगायत बिभिन्न संकायका डीनहरु, स्कूल निर्देशकहरु, तथा पुर्व परिक्षा नियन्त्रकहरु लगायत विभिन्न स्कूलका प्राध्यापक तथा कर्मचारीहरु समेतको उपस्थित रहेको उक्त कार्यक्रमको सभापतित्व स्कूल अफ विजनेसका निर्देशक सह प्रा. डा. ज्ञानेश्वर शर्माले गर्नुभएको थियो । स्कूल अफ विजनेसको IAC Hall मा उक्त कार्यक्रम आयोजना भए ता पनि Virtual िविधिबाट समेत सहभागिता जनाउन सकिने ब्यवस्था गरिएको थियो । स्कूल अफ विजनेसबाट सन् २०१७ र २०१८ मा स्नातक तहका बि. बि.ए. र बि. बि. ए. बि. आई कार्यक्रम तथा स्नातकोत्तर तहका एम. बि. ए. उत्तिर्ण गरेका जम्मा २६१ जनाको Tracing Report प्रस्तुत गरिएको थियो । Tracing Report को मोटामोटी  प्रस्तुतिकरण Tracer Study team का Team Leader सह प्राध्यापक डा. दिपक राज पौडेलले गर्नुभएको थियो । उक्त Report को प्रस्तुतिकरण पश्चात् केही प्रश्नोत्तर र पृष्ठपोषणको रुपमा केही सुझावहरु समेत प्राप्त भएका थिए । कार्यक्रममा प्रमुख अतिथि उपकुलपति प्रा. डा. प्रेम नारायण अर्याल, बिशेष अतिथि रजिष्टार प्रा. डा. बिष्णुराज तिवारी, मानविकी सामाजिक शास्त्र संकायका डीन सह प्राध्यापक डा. अजय थापा, स्कूल अफ बिजनेसका सह प्राध्यापक दयाराज ढकाल लगायतले आफ्ना भनाई तथा सुझावहरु राख्नुभएको थियो ।