अभिमुखीकरण कार्यक्रम

Published on: 2026-07-04

स्कुल अफ बिजनेसमा Master of Business Administration (MBA) र  Master in Health Care Management (MHCM)  2026 Spring Session मा भर्ना भएका विद्यार्थीहरूको अभिमुखीकरण कार्यक्रम कास्कीको लुम्ले स्थित नेपाल कृषि अनुसन्धान केन्द्र (NARC) मा मिति २०८३ साल आषाढ १९ र २० गते आवासीय रूपमा सम्पन्न भएको छ। स्कुल अफ बिजनेसद्वारा आयोजित उक्त अभिमुखीकरण कार्यक्रमको औपचारिक सत्र अघि दुबै कार्यक्रमका महत्त्वका बारेमा सह प्राध्यापक डा. सूर्य बहादुर जि. सी. ले प्रकाश पार्नुभएको थियो ।स्कुल अफ बिजनेसका निर्देशक डा. बलराम भट्टराईको सभापितत्वमा भएको औपचारिक सत्रमा नयाँ विद्यार्थीहरु लगायत  पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. विष्णुराज तिवारी, रजिष्टार प्रा. हरिबहादुर खड्का, व्यवस्थापन संकायका डीन प्रा. डा. ज्ञानेश्वर शर्मा, स्कुल अफ हेल्थ एण्ड एलाईड साईन्सेजका निर्देशक डा. तुल्सीराम भण्डारी, एम. बि. ए. तथा एम. एच. सी. एम. कार्यक्रम संयोजक डा. दुर्गाप्रसाद चापागाईं, स्नातक तहका कार्यक्रम संयोजक डा. भरतराज वाग्ले, आन्तरिक परीक्षा संयोजक डा. शान्तिदेवी क्षेत्री लगायत अन्य शिक्षक तथा कर्मचारीहरूको समेत सहभागिता रहेको थियो।औपचारिक कार्यक्रममा संयोजक डा. दुर्गा प्रसाद चापागाईंले स्वागत मन्तव्य दिनुका साथै अन्य आमन्त्रित अतिथिहरूले पनि विद्यार्थीहरूलाई कार्यक्रमका सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। ।स्कुल अफ बिजनेसकै पूर्व विद्यार्थीहरु मुक्ति आचार्य र प्रताप आचार्यलाई  Motivational Speaker को रुपमा आमन्त्रण गरिएको थियो । कार्यक्रममा नयाँ विद्यार्थीहरुको मनोरञ्जनको लागि स्नातक तहका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए साथै कार्यक्रममा बिभिन्न मनोरञ्जनात्मक एवं प्रतिस्पर्धात्मक खेलहरु समेत खेलाइएको थियो जसको संयोजन उप प्राध्यापक सन्तोष कुमार गुरुङ्ग  लयायत अन्य शिक्षक कर्मचारीले गर्नुभएको थियो ।