नयाँ विद्यार्थीहरुको लागि अभिमुखीकरण कार्यक्रम

Published on: 2025-11-18

 

पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेसमा एम. बि. ए. कार्यक्रम फल सेसन २०२५ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रम (Orientation Program) मिति २०८२ साल कार्तिक ३० गते आईतबार  सम्पन्न भएको छ । उक्त कार्यक्रमको सभापतित्व स्कूल अफ बिजनेसका निर्देशक सह प्राध्यापक डा. रबिन्द्र घिमिरेले गर्नुभएको थियो साथै प्रमुख अतिथिको रुपमा व्यवस्थापन संकाय पो. वि. का डीन  प्रा. डा. ज्ञानेश्वर शर्मालाई आमन्त्रण गरिएको थियो । कार्यक्रम संयोजक  सह प्राध्यापक डा. बलराम भट्टराईले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा नयाँ विद्यार्थीहरुलाई एम. बि.ए. कार्यक्रमका बारेमा  सह प्राध्यापक डा. सूर्य बहादुर जि. सी.ले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा महिला उद्यमी श्रीविद्या आर. कायस्थले Motivational Speech प्रदान गर्नुभएको थियो । शिक्षक कर्मचारी र विद्यार्थीहरु गरि ७१ जना सहभागीता रहेको उक्त कार्यक्रममा स्नातक तहका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरि मनेरञ्जन प्रदान गरेका थिए ।  कार्यक्रममा स्कूल अफ बिजनेसका उप प्रशासक श्री प्रमोद गिरी र एम. बि. ए. कार्यक्रमकी नयाँ विद्यार्थी श्री श्रृति लामिछानेले गजल वाचन गर्नुभएको थियो । एलुम्नाई एशोसियसनका अध्यक्ष श्री कल्पना सुवेदी र प्रमुख अतिथि व्यवस्थापन संकायका डीन प्रा. डा. ज्ञानेश्वर शर्मा लगायतको मन्तव्य पश्चात् स्कुल निर्देशक डा. रबिन्द्र घिमिरेले मन्तव्य सहित कार्यक्रम समापन गर्नुभएको थियो ।