पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेसमा बि. बि. ए. र बि. बि. ए. फाईनान्स कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रम (Orientation Program) मिति २०८२ साल कार्तिक १४ गते शुक्रबार सम्पन्न भएको छ । उक्त कार्यक्रमको सभापतित्व स्कूल अफ बिजनेसका निर्देशक डा. रबिन्द्र घिमिरेले गर्नुभएको थियो साथै प्रमुख अतिथिको रुपमा व्यवस्थापन संकाय पो. वि. का डीन प्रा. डा. ज्ञानेश्वर शर्मालाई आमन्त्रण गरिएको थियो । कार्यक्रम संयोजक डा. भरतराज बाग्लेले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा नयाँ विद्यार्थीहरुलाई स्कुल, स्कुलमा कार्यरत शिक्षक कर्मचारीको बारेमा तथा विद्यार्थीहरुले अध्ययन गर्ने कार्यक्रमका विविध पक्ष लगायतका विषयमा जानकारी गराउनुका साथै महिला उद्यमी बिना भुर्तेल बस्ताकोटीले Motivational Speech प्रदान गर्नुभएको थियो । शिक्षक कर्मचारी र विद्यार्थीहरु गरि १५० जना सहभागीता रहेको उक्त कार्यक्रममा अग्रज विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा बिभिन्न खालको खेल समेत आयोजना गरि विजयी समुहलाई पुरस्कृत गरिएको थियो । एलुम्नाई एशोसियसनका अध्यक्ष श्री कल्पना सुवेदी, एम. बि. ए. कार्यक्रम संयोजक डा. बलराम भट्टराई, व्यवस्थापन संकायका डीन प्रा. डा. ज्ञानेश्वर शर्मा लगायतका वक्ताहरुको मन्तव्य पश्चात् स्कुल निर्देशक डा. रबिन्द्र घिमिरेले औपचारिक कार्यक्रम समापन गर्नुभएको थियो । उप प्रा. डा. शान्तिदेवी क्षेत्री एवं आठौं सेमेष्टरका विद्यार्थीहरु सुजन कंडेल र सन्दिल कार्कीले सञ्चालन गर्नुभएको सो अभिमुखीकरण कार्यक्रमको अन्य आवश्यक व्यवस्थापनमा स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको भूमिका रहेको थियो ।