पोखरा विश्वविद्यालय स्कूल अफ विजनेसद्वारा Revolving Seed Money वितरण सम्पन्न

Published on: 2024-06-04

२१ जेठ, पोखरा । पोखरा विश्वविद्यालय स्कूल अफ विजनेसमा सञ्चालित उद्यमशीलता सहायता कार्यक्रम अन्तर्गत Revolving Seed Money Handover Ceremony सम्पन्न भएको छ ।

पोखरा विश्वविद्यालय स्कूल अफ विजनेसद्वारा ३ वटा व्यवसायिक योजनाको लागि विश्वविद्यालय अनुदान आयोग मार्फत् प्रदान गरिएको रकम सम्बन्धित विद्यार्थीहरुलाई वितरण गरेको छ ।पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल ,रजिष्ट्रार प्रा.डा. दिपक भण्डारी, व्यवस्थापन अध्ययन संकायका डीन डा. दयाराज ढकाल तथा स्कूल अफ विजनेसका निर्देशक डा. श्रृजन ज्ञवाली सहितको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी सो रकम वितरण गरिएको थियो । स्कूल अफ विजनेसले व्यवसायिक योजना निर्माण तथा सञ्चालन सम्बन्धी नन क्रेडिट कोर्ष निर्माण गरी तीन दिने तालिम प्रदान गरे पश्चात् माग गरिएका व्यवसायिक योजनाहरुमध्ये पहिलो चरणको प्रस्तुतिकरण गराई पाँच ओटा व्यवसायिक योजना छनोट गरी विश्वविद्यालय अनुदान आयोगमा पठाइएकोमा सो आयोगमा नै भएको अन्तिम प्रस्तुतिकरणबाट छनोट भएका ३ वटा व्यवसायिक योजनाहरु क्रमशः सहिल काफ्ले ] Tyre Recycling Factory का लागि रु.४०,००,०००।– रमिन घिमिरेको Aswat Thama का लागि रु.४०,००,०००।– र बिना शर्माको Thrifty Heaven का लागि रु.१५,००,०००।– Revolving fund प्राप्त गरेको मध्ये पहिलो किस्ता अन्तर्गत ६० प्रतिशतले हुन आउने रकम आजको यस कार्यक्रममा सम्बन्धित विद्यार्थीहरुलाई हस्तान्तरण गरी सम्पन्न भयको छ