अभिमुखीकरण कार्यक्रम सम्पन्न

Published on: 2022-05-27

पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेसमा बि. बि. ए. र बि. बि. ए. बि. आई कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थीहरुको  Orientation Program  सम्पन्न भएको छ । उक्त कार्यक्रमको सभापतित्व स्कूल अफ बिजनेसका निर्देशक डा. श्रृजन ज्ञवालीले गर्नुभएको थियो साथै प्रमुख अतिथिको रुपमा ब्यवस्थापन संकाय पो. वि. का डीन डा. दयाराज ढकाललाई आमन्त्रण गरिएको थियो । नयाँ विद्यार्थीहरुलाई सेमेष्टर प्रणाली, परीक्षा प्रणाली, ग्रेडिङ्ग प्रणली लगायत विषयका जानकारी गराउनुका साथै Rj Holdings  का राजु खत्रीले Motivational Speech   प्रदान गर्नुभएको थियो । शिक्षक कर्मचारी र विद्यार्थीहरु गरि १५० जना सहभागीता रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।