पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेस भूतपूर्व विद्यार्थी संघको आयोजनामा Pre-Budget Interaction Program सम्पन्न भएको छ । उक्त कार्यक्रमको सञ्चालन भूतपूर्व विद्यार्थी संघका सचिव सुवास मल्ल र सभापतित्व संघका अध्यक्ष श्री उमेश आचार्यले गर्नु भएको थियो । पो वि. केन्द्रिय पुस्तकालयको हलमा आयोजित सो कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. रामशरण खरेल, त्रिभुवन विश्वद्यिालयका प्रा. डा. लेखनाथ भट्टराई, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष श्री नारायण कोईराला, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष श्री छत्रधर आत्रेय लगायतले आ”आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । आयोजक,वक्ताहरु लगायत एम. बि. ए. कार्यक्रमका विद्यार्थीहरु गरि १२० जना सहभागी उक्त कार्यक्रममा स्वागत मन्तव्य भूतपूर्व विद्यार्थी संघका सदस्य श्री समिर के. सी. ले दिनुभएको थियो भने कृतज्ञता ज्ञापन स्कूल अफ विजनेस Alumni Cell Coordinator सह प्राध्यापक डा. रबिन्द्र घिमिरेले गर्नुभएको थियो ।