QUALITY ASSURANCE AND ACCREDITATION CERTIFICATE

Event Date: 2022-07-22

विश्वविद्यालय अनुदान आयोगले पोखरा विश्वविद्यालयको स्कूल अफ विजनेसलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QUALITY ASSURANCE AND ACCREDITATION QAA)  प्रमाणपत्र वितरण गरेकोे छ । गुणस्तर सुनिश्चितता तथा प्रत्यायन शाखा (QUALITY ASSURANCE AND ACCREDITATION DIVISION)ले बिभिन्न मापदण्डहरु अध्ययन एवं परिक्षण पश्चात् उक्त प्रमाणपत्रका प्राप्त गर्न योग्य ठहर्‍याई उक्त प्रमाणपत्र प्रदान गरेको हो । स्कूल अफ बिजनेस लगायत अन्य ५ वटा स्कूल तथा क्याम्पसहरुलाई मिति २०७८ असार १२ गते विश्वविद्यालय अनुदान आयोगले प्रमाणपत्र वितरण समारोह आयोजना गरि QAA प्रमाणपत्र वितरण गरेको थियो । सो समारोहमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भिम प्रसाद सुवेदी, सचिव प्रा. शंकर भण्डारी, विश्वविद्यालय अनुदान आयोगका  QAA Division  का निर्देशक डा. ऋषि केश पाण्डे, PRT  संयोजक प्रा.डा. कुशुम शाक्य साथै पोखरा विश्वविद्यालय तर्फबाट व्यवस्थापन संकायका डीन डा. दयाराज ढकाल,  स्कूल अफ विजनेशका निर्देशक डा. श्रृजन ज्ञवाली, पूर्व डीन हरि बहादुर खड्का लगायतको को उपस्थिति रहेको थियो ।